काठमाडौं । नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ३६२ जनाको पीसीआर परीक्षण गर्दा ९२३८ र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ गरी उपत्यकामा ३९२४ जना संक्रमित भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ । जसमध्ये ७ हजार २९१ जना संस्थागत आइसोलेसनमा र ९४ हजार ३४३ जना होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया