सुर्खेत । कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधवार तीनजना मन्त्री नियुक्त गरेका छन् । तीन मन्त्री थपिदा दुई मन्त्रीले भने राजीनामा दिएका छन् ।
राजीनामा दिने र नियुक्त हुने सबै माओवादी केन्द्रका सांसद हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सुर्खेतका विन्दमान विस्ट, सिताकुमारी नेपाली र रुकुमपश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा मन्त्रीमा नियुक्त भएका छन्। यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले बुधबार नै राजीनामा दिएका छन् ।
नवनियुक्त मन्त्री विन्दमान विस्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। स्रोतका अनुसार उनले युवा तथा खेलकुदसमेत हेर्नेगरी जिम्मेवारी दिइएको छ ।
यस्तै गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सिताकुमारी नेपालीलाई जलस्रोत तथा ऊर्जा मन्त्री बनाइएको छ ।
मन्त्रालय फुटाएपछि अब कर्णालीमा मन्त्रालयको संख्या आठ हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया