काठमाडौं । संचारकर्मी राजन थापा समाजसेवामा सक्रिय हुनुभएको छ । उहाँ पछिल्लो समय सामाजिक सेवाका क्षेत्रमा सक्रिय हुनुभएको हो । कोरोनाको कहर तथा असाहाय र दुखि पिडितहरुलाई उहाँले सहयोग गर्नुभएको छ ।
उहाँले समस्यामा परेकाहरुलाई कतै खाना खुवाएर सहयोग गर्नुभएको छ भने कतै नगद सहयोग समेत गर्नुभएको छ । कोरोनाका नयाँ भेरियन्टका कारण तीव्र रुपमा महामारी फैलिएपछि सरकारले गत बैशाख १६ गतेदेखि उपत्यकालगायत मुलुकभर निषेधाज्ञा जारी गरेको छ। यस्तो जोखिमको बेलामा पनि थापा घरभित्र बस्न सक्नुभएको छैन । उहाँले कोभिड १९ संंक्रमित भएकालाई साथ दिन र सहयोग गर्न हरेक दिन विभिन्न अस्पतालमा पुगि बेड आईसियु, भेन्टिलेटर जस्ता अति महत्त्वपूर्ण स्वास्थ्य सामग्रीको व्यवस्थापन गराउन मदत गर्नुका साथै , घरमा रहेका एवम् अस्पतालमा भएका बिरामिको स्वास्थ्य अवस्थाको बारेमा बुझि बिरामिलाई अस्पताल पुय्राउने काम गर्दै आउनुभएको छ ।
काठमाडौ उपत्यकाका तीनै जिल्लाका सबै अस्पतालका सञ्चालक समितिसँग समन्वय गरेर आफ्नो सम्पर्कमा आएका कोरोना संक्रमितहरुलाइ उपचारको प्रबन्ध मिलाईदिदैं आएको उहाँले बताउनुभयो । त्यस्तै उहाँहरूको टिमले कोरोना महामारीका कारण भोकै रहेका काठमाडौं उपत्यकाका मानिसहरुलाई खाना बाँड्ने र सडकमा भेटिएका भोकाहरुलाई पनि जहाँजहाँ भेटिन्छन् त्यही खानाको ब्यवस्था गरेको र औषधि नपाई छट्पटीका हरुलाई औषधि र सिलिन्डर उपलब्ध गराएको र घरमै आईसोलेसनमा बसेकाहरुलाई पनि आफुहरुले सहयोग गरेको समाजसेवी थापा बताउँछन् । कोरोना महामारीका विषम अवस्थामा बिरामीलाई सहज स्वास्थ्य सेवाको पुहँचसम्म पु-याउन उहाँ सक्रिय हुनुहुन्छ ।
सहयोगका लागि विभिन्न संघसंस्थासँग आग्रह गरेको र सहयोग गर्नेमा अग्रवाल उपकार शाखा र शंखर ग्याँसका सञ्चालक रहेको साथै शंखर ग्याँसले दैनिक ५ सिलिन्डर ग्याँस उपलब्ध गराएको समेत उहाँले बताउनुभयो । करिब २ हजार देखि २५ सय सिलिन्डर शंखर अक्सिजन परिवारसँग मिलेर जहाँ अक्सिजन आवश्यक पर्छ, त्यहाँ अक्सिजन पुय्राईसकेको उहाँले जानकारी दिनुभयो । आफ्नो सानो प्रयासले अक्सिजन नपाएर छटपटाइरहेका कोभिडका केही बिरामीलाई राहत मिलेको उहाँको भनाइ छ। यस्तो बेलामा बेसहाराहरुको सहारा बन्न सकेकोमा आफुलाई खुसी मिलेको अनुभव गर्नुहुन्छ उहाँ ।
यसैगरी, विदेशमा रहनुभएका पिलर क्रिस्टोफरले थापालाई सहयोग गर्दै आउनुभएको छ । साथै, सामाजिक अभियान्ता श्वेता श्रेष्ठले पनि थापाको अभियानमा सक्रिया दिदैं आउनुभएको छ । अभियान्ता श्रेष्ठले अस्पतालहरुमा रगतको अभाव हुन नदिन‘रक्तदान जीवन दान’ भन्ने नारालाई अनुसरण गर्दै ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१ ’ सञ्चालन गर्दै आउनुभएको छ ।
एक दशक भन्दा लामो समयदेखि समाज सेवामा लागिरहनु भएका थापा धन सम्पत्तिको कुनै लोभ राख्नुहुन्न । उहाँ कसैले सहयोग गर्ला र आफू त्यो सहयोग पाउँला भन्ने कुनै स्वार्थ समेत राख्नुहुन्न। उहाँको समाजसेवाप्रतिको निःस्वार्थ यो भावनालाई देखेर अहिले समाजसेवा र मानवीय सेवाका नामा विकृती फैलाउनेहरुले केही सिक्न जरुरी छ ।
कोरोनाका जोखिम हुन नदिन गतवर्ष जारी लकडाउनमा पनि उहाँले विभिन्न संघसंस्थासँगको समन्वय र सहकार्यमा मास्क, स्यानिटाजर लगायत समाजिक अभियान समेत सञ्चालन गर्नुभएको थियो । यस्तैयस्तै, हरेक प्रकारका सामाजिक काममा अग्रसर रहेर समाजसेवामा जुटिरहेका छन् संचारकर्मी थापा । यस्तै असल पथप्रदर्शकहरुबाटै समाज रुपान्तरणमा केही आशा गर्न सकिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया