काठमाडौं । रगत अभाव भएपछि ॐ श्री त्रिकुटा गुरूधाम बुढानिलकण्ठ नगरपालिका १३ को सहकार्यमा गरिएको ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ अन्तर्गतको आकस्मिक रक्तदान मोबाइल क्याम्पमा १५ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको छ ।
बिहिबार आयोजना गरिएको आकस्मिक रक्तदान मोबाइल क्यम्पमा १५ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको सामाजिक अभियान्ता श्वेता श्रेष्ठले जानकारी दिनुभयो । कोरोना भाईरस संक्रमणका कारण अस्पातलहरुमा विरामिको चाँप बढेको र संक्रमितका लागि प्लाज्मा थेरापी उपचार विधिबाट उपचार गर्न रगत अभावमा समस्या सिर्जना भएपछि रक्तदान कार्यक्रम गरिएको हो ।
स्वास्थ्य मापदण्ड कायम गर्दै कार्यक्रम गरिएको सामाजिक अभियान्ता एवम् ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ की आयोजक श्रेष्ठले बताउनुभयो । कोरोनाको विषम परिस्थितिमा पनि उत्साहजनकरुपमा रक्तदान कार्यक्रममा सहभागी भएकोमा सबैलाई उहाँले धन्यवाद व्यक्र गर्नुभयो । आज प्रदान गरिएको रगतले अस्पतालमा छट्पटाइरहेका कुनै विरामीलाई नयाँ जीवन सरह हुन्छ भन्दै उहाँले रक्तदाताले अमुल्य पुण्य कमाउनुभएको समेत बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी सोल्टीमोड काठमडौंको प्राविधिक सहयोगमा रगत संकलन गरिएको हो । ‘श्वेता ब्लड डोनेसन क्याम्पेन २०२१’ अन्तर्गत हालसम्म ३७ पटक रक्तदान कार्यक्रम गरिएको र त्यसमध्ये ५ वटा मोबाइल क्यम्प भएको सामाजिक अभियान्ता श्रेष्ठले बताउनुभयो । हालसम्म क्याम्पेनबाट ५२९ युनिट रगत संकलन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया