जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ता, चुनाव चिन्ह कलम दावी

काठमाडौं । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत दर्ता भएको छ ।
वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ । निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका छन् ।

माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।

अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ । पार्टीको चुनाव चिन्ह कलम दावी गरिएको राईले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया