लुम्बिनी । कोरोना महामारीकाबीच बुद्ध जन्मस्थल लुम्बिनीमा २५६५औं बुद्ध जयन्ती सीमित व्यक्तिको उपस्थितिमा मनाइएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै मायादेवी परिसरमा भिक्षुहरुले पूजापाठ गरेका थिए ।
मायादेवी परिसरमा लुम्बिनीमा रहेका महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु/गुरुमा, भिक्षु/भिक्षुण, लामाबाट धार्मिक पूजा तथा मन्त्रोचारण गरिएको छ । बिहान ७ बजेबाट सुरु मन्त्रोच्चारण ८ बजेसम्म चलेको थियो ।
भिक्षुहरु बाहेक लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेससभा सदस्य फकरुद्धिन खान र लुम्बिनी विकास कोषका पदाधिकारीले मात्रै बुद्धजयन्तीको औपचारिक कार्यक्रममा सहभागिता जनाएका थिए । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन बौद्ध धर्ममा ठूलो महत्व छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया