काठमाडौं । कोरोना महामारी रोकथामका लागि मित्रराष्ट्र चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्त्र गराउने भएको छ । बुधबार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिफिङबीच भएको संवादपछि चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको थियो।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशका राष्ट्रपतिबीच भएको संवादपछि चीनले नेपाललाई अनुदानस्वरुप १० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेकी छन् ।यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिइसकेको छ ।यसैगरी मंगलबार भारतका समकक्षी रामनाथ कोविन्दलाई पत्राचारमार्फत बाँकी १० लाख डोज कोरोना खोप उपलब्ध गराउन राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको छ ।
पहिलो चरणअन्तर्गत भारत सरकारले नेपाल सरकारलाई १० लाख खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने बाँकी १० लाख खोप डोज भारतबाट ल्याउन बाँकी रहेको छ ।साथै, चीनबाट उपलब्ध गराइएको ८ लाख डोज कोरोना खोपका लागि राष्ट्रपति भण्डारीले राष्ट्रपति सीलाई विशेष धन्यवाद दिनुभएको छ ।साथै, यस्तो महामारीको बेला पहिला भारत वा चीनबाट कोरोना खोप आउँला रु भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने बचन भने दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया