नेपालमा थप ६७३१ जनामा कोरोना संक्रमण,७२२६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७३१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ हजार २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।

क्वारेन्टाइनमा १००९ जना छन् भने आइसोलेसनमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया