जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्तोको ७औं अधिवेशन सम्पन्न भएको छ । आइतबार टोकियोमा सम्पन्न क्षेत्रको सातौ अधिवेसनबाट संयोजकमा बागलुङ गलकोटका दिपेश केसी २०२१ २०२३ का लागि सर्वसहमतिमा चयन भएका छन् ।
दिपेश केसी संयोजक, शैलेन्द्र खड़का र सुरेश केसी उपसंयोजक,महिला उपसंयोजक ललिता तामाङमा निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक विजय थकालीले जानकारी दिनुभयो ।
सो अधिवेशनबाट सचिवमा सागर कार्की, सहसचिवमा महेन्द्र राउत र दिपक सुबेदी विप्लव चयन भएका छन भने कोषाध्यक्षमा विनोद राई, सह कोषाध्यक्षमा पुरन्जन नेपाल निर्वाचित भएको निर्वाचन समिति सदस्य बाबुराम पौडेलले बताउनुभयो ।
त्यसैगरि सदस्यहरूमा सुबिना सुब्बा, अशोक भट्टराई र सोहनकुमार खत्री निर्वाचित भएका छन । सो अधिवेशनको उद्गघाटन सत्रमा बोल्ने वक्ताहरुले संस्थालाई सबैको अभिभावकीय संस्थाको रूपमा बुझन र संस्थाले पनि सोही अनुसार कार्य गर्नका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले सामाजिक भावलाई आत्ममा राखेर नेपाल र नेपालीको हित अनुकूल हुने गरि सबैले कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सोही कार्यक्रममा बोल्दै संघका जापान अध्यक्ष देवीलाल भण्डारीले आफूलाई लागेको आरोपको प्रष्टिकरण दिने प्रयास गर्नु भएको थियो । निर्वाचन समितिका संयोजक थकालीले संस्थालाई गतिशील र जवाबदेही रूपमा अगाडी बढ़ाउनका लागि अनुरोध गर्नुभएको थियो ।
निर्वाचन सम्पन्न गर्न संयोजक बिजय थकाली, सदस्यहरु बाबुराम पौडेल, बाबुराम सापकोटा, हरि सापकोटा र लेलिन भट्टचनको पहलमा सर्वसहमति गरेर नयाँ टिम निर्माण गरेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रीय समितिका प्रमुख तथा प्रतिनिधिहरूले जुमबाट शुभकामना मन्तव्य राखेका थिए ।



फेसबुकबाट तपाइको प्रतिक्रिया