काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने विषयलाई लिएर दुई धार देखिएको जसपाभित्र जारी विवाद उत्कर्षमा पुगेको हो ।अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्नेमा छ । तर पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई(उपेन्द्र यादव भने ओलीले असंवैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्नेमा छन्। विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारवाहीको चेतावनी दिइरहेका छन् । एकले अर्कोलाई स्पष्टीकरण सोध्नुका साथै नेताहरुबीच तिक्तता बढ्दै गएपछि फुटउन्मुख भएको भट्टराईले आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका हुन् ।
जसपाभित्र विवाद बढेपछि संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ- ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ, अतस् मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ हात मिलाएर आ-आफ्नो बाटो लागौं !हिडिरहे फेरि भेट हुनेछ !’पार्टीभित्र देखिएको द्वन्द्व र सरकारमा जाने विषयलाई लिएर पार्टी कार्यालय बबरमहलमा दैनिकजसो नेताहरु अनौपचारिक रुपमा बसेर छलफल गर्दै आए पनि सहमति जुट्न सकेको छैन । सहमति नजिक पनि नपुगेपछि जसपा विभाजन गरेर अलग-अलग पार्टी चलाउनु पर्छ भन्नेमा दुबै पक्ष मानसिक रुपमा तयार भइसकेका छन्

फेसबुकबाट तपाइको प्रतिक्रिया