काठमाडौं । नागरिकता अध्यादेशविरुद्ध दायर ६ वटा रिटमाथि शुक्रबार बहस नसकिएकाले ‘हेर्दा हेर्दैमा’ राखिएको छ । जेठ २७ मा अर्को सुनुवाइ हुने गरी पेशी तोकिएको छ ।
जेठ ९ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकसम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ती रिटमाथि सुनुवाइ गर्न आफूसहित वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।
इजलासमा प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता रामबहादुर शाही, अधिवक्ता कुलबहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी तथा मौलिक जरोकिलो पार्टीको तर्फबाट र आफ्नो हकमा समेत उपमहासचिव लक्ष्मण पोखरेलले रिट दायर गरेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया