नेपालमा थप ५,०४२ मा कोरोना पुष्टि,८२४३ जना संक्रमणमुक्त,६८ को मृत्यु

काठमाडौं । नेपालमा थप ५ हजार ४२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। कुल १६ हजार ८१४ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ५ हजार ३४३ एन्टिजन परीक्षण हो जसबाट १ हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।अहिलेसम्म कुल ७ हजार ७९९ जनाको मृत्यु भइसकेको छ। यसैगरी, ८ हजार २४३ जना भने सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। कुल सङ्क्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् ।

शनिवार सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै काठमाडौंका छन्। राजधानीका ७२३ जनासहित भक्तपुरका ७३ जना र ललितपुरका १४१ जना गरी काठमाण्डू उपत्यकामा थप ९३७ जना सङ्क्रमित थपिएका छन्। दुई सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लाहरूमा झापा र मोरङ रहेको छ।

नेपालका ७७ मध्ये ४६ जिल्लामा अहिले ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् भने थप १४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। कुल ८६,२६८ सक्रिय सङ्क्रमितमध्ये ६,६६० जना संस्थागत आइसोलेशनमा छन्। तीमध्ये १,४५१ आईसीयूमा र ३८४ जना भेन्टिलेटरमा रहेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया