थप ३४७९ मा कोरोना पुष्टि,६६३६ जना संक्रमणमुक्त,सक्रिय सङ्क्रमित ८९२१७

काठमाडौं । नेपालमा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा थप ७३१, भक्तपुरमा १४६ र ललितपुरमा थप २५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९९ जनाको मृत्यु भएको छ । त्यस्तै आइसोलेसनमा ८९ हजार २१७ जना सक्रिय संक्रमति रहेका छन् भने ७३१ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया