मनाङ । माउन्टेन हर्ट नेपालले नासो गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ दिपक मनाङ्गेले शुक्रवार गाउँपालिका अध्यक्ष चन्द्र घलेलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । मन्त्री गुरुङको विशेष पहलमा गाउँपालिकालाई ५ थान अक्सिजन कन्सन्ट्रेटर ,मास्क,सेनिटाईजर पि.पि.ई लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
मन्त्री गुरुङले यसअघि पनि प्रदेश सरकारको सहयोगमा १० वटा अक्सिजन सिलिन्डर र मनाङ समाज काठमाडौंको सहयोगमा ७ वटा अक्सिजन कन्सन्ट्रेटर पठाएको थियो ।
उनका प्रवक्ता रोनित गुरुङका अनुसार भ्राका राजा घलेबाट १ वटा अक्सिजन कन्सन्ट्रेटर गरी ८ वटा अक्सिजन कन्सन्ट्रेटर र १० वटा अक्सिजन सिलिन्डर ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनम गुरुङलाई प्रदान गरिएको थियो ।
कोरोना महामारीको समयमा जनताको स्वास्थ्य नै सबैभन्दा ठूलो रहेकाले मनाङ जिल्लाको अन्य तीन वटा गाउँपालिकाकालाई पनि सहयोग गरिने समेत मन्त्री गुरुङले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया