मुलुकभर ५,१५३ जना नयाँ संक्रमित थपिए, १०८ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७६ जनाको परीक्षण गर्दा ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ६५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ८७० जना र ५ हजार ६११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २८३ जनामा कोरोना पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १०८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया