काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले नेपालमा पनि सबै क्षेत्र प्रभावित भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले जारी गरेको निषेधाज्ञाका कारण कयौँको रोजीरोटी खोसिएको छ । दैनिक ज्याला मजदूरी गर्नेलाई बिहान–बेलुका हातमुख जोर्न धौधौ भएको छ ।
निषेधाज्ञाका कारण दैनिक ज्याला मजदूरी गर्ने व्यक्तिहरु भोककै कारण मर्ने होकी भन्नेमा छन् । सरकारले भने पटक पटक ’अब खान नपाएर कोही नेपाली मर्नेछैनन् र कसैलाई मर्न दिईने छैन भन्ने गरेको छ । तर, सरकारी प्रतिबद्धता नारामा मात्र सिमित भएको छ । यस्तैमा, कोरोना कहरका कारण रोगसँगसँगै भोकले कसैले ज्यान गुमाउनु नपरोस् भन्ने सोचका साथ हजुरलाइ नमस्ते परोपकारि अभियानले काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण चुल्हो बाल्न समस्या भएकाहरुलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गर्दै आएका छन् ।
शनिबार रिक्सा, टेम्पो, ट्याक्सी चालक, एकल महिला, किड्निको समस्या भएका व्यक्ति,असक्त र दैनिक ज्यालामजदुरी गरी बिहान बेलुकाको छाक टार्न समस्या भएका ७३ परिवारलाइ खाद्य सामाग्री वितरण गरिएको समाजसेवी तारा बहादुर कुँवरले जानकारी दिए । प्रति परिवार १५/१५ सय बराबरको प्याकेज बनाएर उपत्यकाका टेकु, भोटेबाहाल र कालिमाटीमा रहेकाहरुलाई खाद्य सामाग्री वितरण गरिएको उनले बताए ।
आफ्नो अभियानमा महेन्द्र प्रसाद गुप्ता र भुपेन्द्र सम्सेर कुँवरबाट सहयोग प्राप्त भएको बताउँदै समाजसेवी कुँवरले अभियानमा सहयोग गर्ने सबै मनकारिहरूलाइ धन्यवाद व्यक्त गरेका छन् । कोरोना नियन्त्रणका लागि जारी दा्रेस्रो निषेधाज्ञा यता हालसम्म ३ सय ९० परिवारलाई राहत वितरण गरिएको उनले बताए ।
गत वर्ष पनि कोरोना कहरमा परेर हातमुख जोर्न नसक्नेहरूका लागि सारथि बनी हजारौंको मनका ढुकढुकी बन्न पुगे हजुरलाई नमस्तेका सञ्चालक ताराबहादुर कुँवर नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्षसमेत हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया