मेलम्ची नदीमा भीषण बाढी, केही मानिस वेपत्ता भएको आशंका

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट बढ्दै आएको मेलम्ची नदीले हेलम्बु २ तिम्बु, किउल, चनौटे, ग्याल्थुम र मेलम्ची आसपासका ट्राउट फर्म रिसोर्टसहित केही घर बगाएको छ ।

स्थानीयका अनुसार बाढीले जताततै पुल सडक बगाएको छ भने मेलम्चीको सिटी पार्क, आमाह्यल्मो बसपार्क बगाएको छ । मेलम्चीको झोलुङ्गे र पक्की पुलमा बाढी पसेको छ । बाढीले मेलम्ची खानेपानी सुरुङको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षति भएको खबर छ । मानवीय क्षति निकै भएको स्थानीयले अनुमान गरेका छन् ।

अहिले पानीको बहाव झनै बढेर मेलम्ची स्थित मेलम्ची पार्क भित्र रहेको मन्दिर समेत पुरिएको अवस्था छ । लार्केमा खसेको पहिरोका कारण नदीको बहाव तिपेनी बजारमा पसेको छ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रमा भीषण बाढी आइरहेको छ ।

http://<iframe src=”https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Faditya.dahal.07%2Fvideos%2F3834772909966208%2F&show_text=false&width=560&t=0″ width=”560″ height=”314″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>

फेसबुकबाट तपाइको प्रतिक्रिया