काठमाडौं । मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ भन्ने एउटा भनाई रहेको छ । विश्वमा एकले अर्कालाई गर्ने सहयोगबाट मात्र दुःखीहरुले राहत पाउन सकेका छन् । राज्य वा ठूला निकायको मात्र भर पर्ने हो भने विश्व कति दुःखले भरिन्थ्यो होला । कसैको ध्यान नपुगेका ठाउँमा आवश्यक परेकालाई सेवाभावले गर्ने सहयोगले कसैको अहित हुँदैन ।
कोरोना कहरकाबिच केही दिनदेखि देशका विभिन्न स्थानमा अबिरल वर्षा भईरहेको छ । कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रामा खाद्यान्न अभावका कारण मजदुरहरु भोकभोकै हुन थालेपछि वर्षाका बाबजुत पनि सामाजिक अभियान्ताहरुले पिडितहरुको आँशु पुच्ने काम गरेका छन् । पक्कै पनि अहिले सरकारले गर्नुपर्ने काम सामाजिक अभयन्ताहरुले गरेको देख्न सकिन्छ ।
यस्तैमा, सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठले सोमबार साँझ दैनिक ज्याला मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरेका १५ परिवारलाई भृकुटिमण्डपमा गएर राहत स्वरुप खाद्यान्न वितरण गरेकी थिईन् । समाजसेवी रिता सापकोटाको अनुरोधमा उक्त स्थानमा खाद्य सामाग्री वितरण गरिएकोे पत्रकार एवम् समाजसेवी राजन थापाले जानकारी दिए ।
चामल , दाल, तेल,आलु, प्याज लगायतका खाद्य सामग्री समाजसेवी जयप्रकाश श्रेष्ठ, सुर्य बैदार,ज्योति शाक्य, कल्पना श्रेष्ठ (गुरुङ) लगायतको उपस्थितिमा वितरण गरिएको थियो । यस अभियानका लागि Nepa Pasa Pucha America (NPPA) र अमेरिका निवासी Keith Federman को विशेष सहयोग रहेको छ । त्यस्तै, सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठले अमेरिका निवासी Sumati Patel लाई पनि बिशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया