थप २४०१ जनामा कोरोना संक्रमण, ३६६० जना संक्रमणमुक्त

 

नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ ।

क्वारेन्टाइनमा ४४१ जना छन् भने आइसोलेसनमा ५७ हजार ६१८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया