काठमाडौं । नेपालमा थप २४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले देशभर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा २४४२ जनामा संक्रमण पुष्टि भएको बताए । गत २४ घण्टामा ३४५६ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, २४ घण्टामा नै ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल ५५५३२ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना संक्रमित थपिए । १० वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया