चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् ।
माओवादी केन्द्रकी नेतृ पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरे । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया