कपिलवस्तु । कोरोनामाहामारी (कोभिड १९)को दोश्रो भेरियन्टलमा गरिब वर्गले औषधि लगायतका खाना र बासको अभावमा भोकै बस्नु पर्ने बताएका छन् । माहामारी रोगको त्रासले लामो समयदेखि जारी निषेधाज्ञाको मारमा परेकाहरु राहतको पर्खाईमा बसेका छन् । अतिबिपन्न एकल महिला, अपांग, अल्पसंख्यक, नटुआ समुदायलगायतका गरिब घरपरिवारलाई राहतको आवश्कताभएको हो । रोगले होइन भोकले मर्नु पर्ने अवस्था आएको हो ।
मधेश मानव अधिकार गृह अतिबिपन्न घरपरिवारको खोजी गरी राहत वितरण कार्य गर्दै आएको छ । तीन तहको सरकारको आँखा नपुगेका एक छाक खानाको धौ धौ भएका, फुसको छानो, परालको टाटीमा माटो लेपन गरि बनेको कच्ची घर कुरिया भित्रै चुलोलाई छाताले ढकी खाना बनाई रहेका गरिबमा महुरी होम पुगेको छ ।
हामी दृश्य हेर्न सक्छौं बर्षाको पानी फुसको छाना चुहिएर घर भरी पानीपानी हुन्छ । खाने, बस्ने समान जोगाउनका लागी टाटीमा झुण्डाईन्छ । घरमा छाना छ तर पानीपर्दा छाता ओढाएर बच्चाहरुलाई सुताउनु पर्ने बाद्धयता छ । भोटको बेलामात्र नेता देखा पर्ने हाम्रो कुरा कसले सुन्ने पीडितले गुनासो गरेका छन् । लकडाउनले गर्दा हामी गरिब मजदुरले कामपाएन, चामल थियो तर दाल र तरकारी थिएननुनसिताभातखानु पर्ने अवस्थामाअहिले महुरी होमबाट तेल, नुन, तरकारी, साबुन सरफ, पाईयो आँशु झार्दै पीडित महिलाले भनिन् ।
म बसेको जग्गा मेरो हाईन सडकको हो । मेरो यो फुसको छाना चुहिएर खानापकाउने, बालबच्चालाई सुताउने ठाँउ नभएको बताईन्, कसैले र कुनै पनिसरकारले देखेन,बन्दाबन्दीले गर्दा निकै समस्या भएको बताईन् ।
यो फुसको घर बहेक मेरो अरु केही पनि छैन । कोरोना भाइरसले गर्दा मजदुरको कामलाग्दैन, म यही झोपडी फुटपाथमा बस्छु ।
पत्रकारहरुको समाचारले म यस्तो गरिब असहाय एकल महिलालाई पाल्दिन पाउदाँ खुशी लागेको बताए । अहिले कोभिड १९ दोश्रो लहरले र बर्षाले दुःख दिएको अवस्थामा कुनै सरकारको आँखा नपुगेका ठाउँमा महुरी होमले राहत बाँड्ने अवस्था रहेको छ । वडा र पालिकाको ध्यान जान जरुरीको भएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया