प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका बहस आज सकिँदै

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानून व्यवसायीको बहस आज सकिँदैछ ।

संवैधानिक इजलासले निवेदकतर्फका कानून व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बाँकी छ । निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३ घण्टा समय पाउनेछन् ।

निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका कानून व्यवसायी र सरकारी वकिलले बहस गर्नेछन् ।
सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया