समाजसेवी भाईकाजी गुरुङद्वारा ५० परिवारलाई खाद्यान्न वितरण

काठमाडौं । मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ भन्ने एउटा भनाई रहेको छ । विश्वमा एकले अर्कालाई गर्ने सहयोगबाट मात्र दुःखीहरुले राहत पाउन सकेका छन् । राज्य वा ठूला निकायको मात्र भर पर्ने हो भने विश्व कति दुःखले भरिन्थ्यो होला । कसैको ध्यान नपुगेका ठाउँमा आवश्यक परेकालाई सेवाभावले गर्ने सहयोगले कसैको अहित हुँदैन ।

कोरोना कहरकाबिच केही साता यता देशका विभिन्न स्थानमा आएको अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट हजारौ व्यक्ति प्रभावित भएका छन् । कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा खाद्यान्न अभावका कारण मजदुरहरु भोकभोकै हुन थालेपछि  सामाजिक अभियान्ताहरुले पिडितहरुको आँशु पुछ्ने काम गरिरहेका छन् ।  निषेधाज्ञाले खाना मात्र पाएका थिएनन् तर बाढी पहिरोले त कतिको बस्ने बास नै छैन भने कतिले ज्यान गुमाएका छन् । पक्कै पनि अहिले सरकारले गर्नुपर्ने काम सामाजिक अभियन्ताहरुले गरेको देख्न सकिन्छ ।

यस्तैमा, समाजसेवी भाईकाजी गुरुङले काठमाडौं महानगरपालिका ७ चाबहिलस्थित गणेस्थान क्षेत्रका दैनिक ज्याला मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरेका मजदुर, एकल महिला, अशक्त अपाङ्गता भएका ५० घरपरिवारलाई  खाद्यान्न वितरण गरेका छन् ।  कोभिड–१९ का कारण निम्तिएको निषेधाज्ञा लगायत अन्य जटिल परिस्थितिमा उनी धेरैजनाको भोक टारिदिन सफल भएका छन् ।  वितरण गरिएको खाद्य सामाग्रीमा चामल, दाल, नुन ,तेल लगाएत रहेको समाजसेवी गुरुङले जानकारी दिए ।

दैनिक रोजगारी गरिरहेका मजदुरहरु कोरोनाको दोस्रो लहरको वर्तमानको निधाषेज्ञाका कारण घरबाहिर निस्कने अवस्था नहुँदा, यथेस्ट संचित खाधान्नहरुको अभाव भै चुल्हो बाल्न समस्या भएका कारण तत्काल राहतको आवस्यकता भएकाहरुलाई राहतको लागी आफुले सहयोग गरेको समाजसेवी गुरुङले बताए ।

उनले अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरुका साथै प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णलाइ धन्यवाद व्यक्त गरेका छन् ।  मजदुरी गर्ने र विपन्नताले थलिएकाहरूको दुःख देखेपछि उनले निषेधाज्ञा सुरु भएयता धेरै राहत बाँढिसकेका छन्। पछिल्लो समय सामाजिक कर्ममा उनको अग्रसरताले उल्लेखनीय उचाइ बनाएको छ।

‘देशमा एक प्रकारको विपद् आएको छ, उनले भने, यसमा सबैले सहयोग गर्न आवश्यक भएको छ । जसको आर्थिक अवस्था कमजोर छ । त्यसले मात्र राहत प्याकेज लिनु नै सबैको हित हुन्छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया