काठमाडौं । नेपालमा थप २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २,४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार पुष्टि भएकामा काठमाडौंका ३५५ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः ११२ र ४७ जना रहेका छन्। योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३८५३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९०५१ पुगेको मन्त्रालयले जनाएको छ ।
क्वारेन्टाइनमा ३५७ जना छन् भने आइसोलेसनमा ३७९५० जना सक्रिय संक्रमित रहेका छन् । कुल सक्रिय सङ्क्रमितमध्ये ८,३९७ जना उपत्यकामा रहेका छन्। हाल देशभरिका विभिन्न अस्पतालका ६५७ जना आईसीयूमा र १९३ जना भेन्टिलेटरमा उपचाररत छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया