अस्ट्रेलियामा चर्चा बटुल्दै मेमोरी किङ अर्पण शर्मा

काठमाडौं । तेज स्मणशक्ति (मेमोरी पावर) भएका युवाका रुपमा विश्व रेकर्ड कायम गरेका नेपाली युवा अर्पण शर्माको चर्चा अस्ट्रेलियाको ‘साउदर्न क्रस युनिभर्सिटी’मा समेत भएको छ ।

युनिभर्सिटीको अनलाइन वेब पोर्टलमा प्रवीन बराल नाम गरेका एक नेपाली विद्यार्थीले शर्माबारे ब्लग लेखेका छन् । ब्लगमा उनले शर्माले राखेको विश्व रेकर्डबारे उल्लेख गर्दै हाल उनी नेपालमा सेमिनारहरू गरी ‘मेमोरी पावर’ र ध्यानसम्बन्धी ज्ञान बाँड्ने काममा व्यस्त रहेको पनि उल्लेख गरेका छन् ।  त्यस ब्लगमा प्रतिक्रिया दिँदै एक पाठकले शर्माका केही टेक्निक आफूले पनि जान्न चाहेको उल्लेख गरेकी छिन् ।

ब्लग हेर्न यो लिंकमा हेर्न सकिन्छ ।

सन् २०१४ सेप्टेम्बर २६ तारिखमा उनले एक मिनेटमा ४२ वटा वस्तु चिनेर रेकर्ड बनाएका थिए । सुमधुर आवाजका धनी शर्मा विभिन्न सभा, समारोहमा गीत पनि गाउँछन् । अर्पणलाई कोर्सका किताबभन्दा पनि बाह्य किताब रुचिकर लाग्छन् । उनी वैज्ञानिक तथ्य, योग, ध्यान र प्रेरणादायी पुस्तकहरु पढ्न मन पराउँछन् । किताब पढ्ने विभिन्न तरिका प्रयोग गर्न सके हरेक कुरा सम्झन सहज हुने उनी बताउँछन् ।

नेपालको शिक्षा प्रणाली देख्दा निकै दुुःख लाग्ने बताउँदै उनले शैक्षिक प्रणाली रटन्ते भएकाले विद्यार्थीको दिमागको प्रयोग कम भएको बताए । विश्वकै सबैभन्दा तेज स्मरणशक्ति भएका शर्मा झापाको भद्रपुर ८ मा एउटा मध्यमवर्गीय परिवारमा हुर्किएका थिए । शर्माले हालसम्म स्मरणशक्ति अन्तर्गतको २ वटा विधामा वल्र्ड रेकर्ड राखेका छन् ।  

फेसबुकबाट तपाइको प्रतिक्रिया