नेफिन जापानद्धारा आज बृहत अन्तरक्रियात्मक बहस कार्यक्रम गर्दै

जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानभित्र देखिएको अनियमितताको बारेमा बृहत अन्तरक्रियात्मक बहस कार्यक्रम आयोजना गर्ने भएको छ ।
एनआरएनए जापानभित्र र अन्य देशहरुमा समेत आर्थिक अपचलनको आरोप लागेको अबस्थामा यस्ता अपादर्शितालाई कसरी सुदृढ गर्न सकिन्छ । भाबी दिनमा संस्था भित्र देखिएको आर्थिक अनियमिततालाई नेपाली समुदाय भित्र कसरी निराकरण गर्न भूमिका खेल्नेछ लगायतका बिषयमा एनआरएनएका अग्रजहरुको उपस्थितिमा बिशेष बहस गर्न लागेको नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष संजिब राईले बताउनु भयो ।

एनआरएनए जापानमा देखिएको आर्थिक अनियमिततालाई एनआरएनए आईसिसीले कसरी हेरेको छ त्यसको निरुपणको लागि के–कस्ता प्रयासहरु हुनेछ भन्ने बिषयमा बहस गर्न लागिएको जनाएको हो ।
आज आइतबार साँझ भर्चुवल मार्फत एनआरएन जापानको भूत, वर्तमान र भविश्य “ बिषयमा अन्तर्क्रियात्मक बहस कार्यक्रममा सहभागिताको लागि सबैमा अनुरोध पनि गरेको छ ।

गैरआवासीय नेपाली संघ ९ल्च्ल्ब्० जापानको भूत, वर्तमान र भविष्य बिषयक अन्तर्क्रियात्मक बहस कार्यक्रम
ति : २०२१-०७-०४
समय : साँझ १८:३० बजे देखी
जुम ID: 868 1504 9274
Passcode: nefin2015

फेसबुकबाट तपाइको प्रतिक्रिया