कोरोना संक्रमणबाट २३ जनाको मृत्यु, २२११ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,६२२ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा लगभग ७५०० को पीसीआर विधिबाट र ४ हजार भन्दा केही बढीको एन्टिजन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाइएको छ।

त्यस्तै पछिल्लो घण्टामा थप २३ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २२११ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा ३१७ जना छन् भने आइसोलेसनमा २५६९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया