काठमाडौं । नेपालमा थप २ हजार ६७६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ६२ हजार ५७० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४६३ पुगेको छ । क्वारेन्टाइनमा २९२ जना छन् भने आइसोलेसनमा २६हजार ६३९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितमध्ये अहिले ६०२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७१ जना भेन्टिलेटरमा छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया