काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको दशौं अधिवेशनको निर्वाचनमा धाँधली भएको भन्दै छानविन माग भएको छ ।
एनआरएनए जापानको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा धाँधली भएको भन्दै आईसीसी सदस्य उम्मेद्धार डा बलराम श्रेष्ठ लगाएतले छानविन माग गरेका हुन ।
जुलाई ३० मा भएको मतदानमा, कुल ९,३९४ मतदाताहरूमा ईमेलमा मतपत्र लिङ्क पठाइएका मतदाता संख्या ९,३१७ जना, मोबाइल फोनमा एसएमएस मतपत्र लिङ्क पठाइएका मतदाता संख्या ८,३३२ जना, र ईमेल तथा एसएमएस दुबै पठाउन नसकिएका मतदाता संख्या १,१६० रहेका जानकारी निर्बाचन समितिको आधिकारिक पेजमा सूचना निकालिएको थियो । निर्वाचनमा ५३ जना उम्मेवारले करिब १ लाख भन्दा बढी नेपाली बसोबास गर्ने जापानमा हामी सबैको एउटा साझा संस्था एनआरएनएलाई बिगतमा भएको भ्रस्टाचार अपचलनलाई रोक्दै आउँदा दिनहरुमा संस्थालाई पारदर्शी बनाउन अभियानमा लाग्दै गर्दा मतदानमैं धाँधली गरेर पराजित गरेको आरोप छ ।
श्रीमान अध्यक्ष मण्डल ज्यु
विषय : एनआरएन जापान को दशौ अधिबेसन को निर्बाचन अटोमेटिक रुपमा कम्युटर सेटिंग बाट गरिएको हुनाले विस्वासिलो आई टी को बिज्ञ समेत राखी छानबिन गरि यथार्थ बाहिर ल्याए पछि मात्र निर्बाचन परिणाम घोसाना गरि पाउ भन्ने सम्बन्धमा |३६१५ नक्कली भोट हालिएको डिटेल रिपोर्ट संलग्न गरेको छु गरेको छु साथै ११०० भोट मतादातालाइ भोट हाल्न ईमेल र मेसेज नै पठाईन ❘
महोदय .
उपरोक्त सम्बन्धमा मिति २०२१ जुलाई ३० तारिख को दिन बिहान १० बजे देखि साझ ८ बजे सम्म भएको भनिएको निर्बाचनमा अस्वस्थ,कम्युटर सेटिंग तथा एकै कम्युटर बाट ६८३ भन्दा बढी भोट अटोमेटिक रुपमा कम्युटर लाई दुरुपयोग गरि सिस्टम बनाई योजनाबद्द् रुपमा भोट हालिएको, निर्बाचनमा कम्प्युटर को आइ पी नम्बर चेक गरि हेर्दा एउटै कम्युटर बाट १० देखि ६८३ भोट सम्म अटोमेटिक रुपमा भोट हालिएको त्यस मध्ये जापान बाहिर देश इन्डिया को उडिसा सिटी बाट ४०२ भोट , नेपालको काठमाडौँ सिटि बाट २६३ भोट , नेपाल को पोखरा सिटी बाट ११ भोट, साथै जापानको फुकुओका सिटी बाट १०१८,ओसाका सिटीबाट ४८८,आइची सिटी बाट १११,चिबा सीटी बाट ३४ भोट टोक्यो सीटी बाट १०५४ गरि मुख्य रुपमा ३६१५ भोट कम्युटरमा सेटिंग बनाई हालिएको प्रमाण यसै साथ संलग्न राखेका छौ ❘ निर्बाचन समिति बाट पहिल्यै बिबादमा आएको १,७०० भोट को को रि ट्रायल पनि नगरीएको र र मिति २०२१ जुलाई ३० मा भोटर हरु लाइ भोट गर्ने आमन्त्रण मेसेज पठाउदा १,१०० सय मेसेज पनि नपठाई मतदाता समेतको हक अधिकार हनन गरेको हुनाले हिजो भनिएको निर्बाचन खराब नियत राखी पुर्ब योजना पुर्बक बैज्ञानिक प्रबिधि लाइ दुरुपयोग गरि स्वस्थ प्रतिस्पर्धा हुन् नदीई एन आर एन जापानमा पहिल्यै देखि मौलाई रहेको आर्थिक हिनामिना.अपचलन,भ्रस्टाचा, अपारदर्शीको निरन्तरता को लागि गरिएको छ |यो षडयन्त्रपूर्ण निर्बाचनको परिणाम बिधि पूर्ण रुपमा नियोजित गैर कानुनि ढाट र छलपुर्बक गरिएको देखिने हुनाले अध्यक्ष मण्डलबाट हिजो भएको निर्बाचनको सम्पूर्ण प्रक्रियाको यथोचित छानबिन गर्ने एक प्रबासी नेपाली हरुले विश्वास गर्न सकिने विश्वासशिलो भरपर्दो एन आर आर एन लाइ माया गर्ने अग्रजहरुको नेतुर्त्वमा कम्प्युटर सम्बन्धि बिज्ञहरु समेत राखी पारदर्शी छानबिन गरि यथार्थ सत्य तथ्य बाहिर ल्याउन साथै सो पश्चात मात्र सत्य तथ्य निर्बाचन परिणाम घोषणा गर्न हामी निम्न लिखित सम्पूर्ण उम्मेदवारहरु हार्दिक अनुरोध गर्दछौ |
नियोजित कथित निर्बाचन एउटा धोका हो यो बिहारी शैलीमा गरिको मजाक बाहेक अरु केहि होइन ,यस सम्बन्धमा सप्रमाण पेश गरेका छौ यथाशीघ्र ७ दिन भित्र छानबिन गरी सत्य तथ्य प्रबासी नेपाली माझ ल्याउन हामी हार्दिक आग्रह गर्दछौ |
निवेदक उम्मेदवारहरु
- डा.बलराम श्रेष्ठ – आ ई सी सदस्य
- (निवेदक संयोजक)
- राम हरी पुडासैनी आइ सिसि सदस्य
- अनिता गुरुङ – अध्यक्ष उम्मेदवार
- दिनेश कुमार बस्नेत (दिनेश) अध्यक्ष उम्मेदवार
- किरण बर्मा अध्यक्ष उम्मेदवार
- सरोज खत्री अध्यक्ष उम्मेदवार
- छत्र दाहाल – ब.उपाध्यक्ष उम्मेदवार
- बिष्णु प्रसाद घिमिरे उपाध्यक्ष उम्मेदवार
- जिबन कुमार गुरुङ उपाध्यक्ष उम्मेदवार
- बाल कृष्ण कंडेल (हिमाल) उपाध्यक्ष उम्मेदवार
- बिकाश बस्नेत उपाध्यक्ष उम्मेदवार
- दीकाराम कंडेल उपाध्यक्ष उम्मेदवार
- बुद्दी राज घिमिरे उपाध्यक्ष उम्मेदवार
- कालिका थापा महिला उपाध्यक्ष उम्मेदवार
- टिकाराम खरेल महासचिव उम्मेदवार
- कृष्ण प्रसाद खनाल कोषाध्यक्ष उम्मेदवार
- सचिन श्रेष्ठ कोषाध्यक्ष उम्मेदवार
- राजेश खनाल युवा संयोजक उम्मेदवार
- राम प्रसाद शर्मा धनपति (रामु ढकाल ) सदस्य उम्मेदवार
- राजु पनेरु सदस्य उम्मेदवार
- सुरेश सापकोटा (सुनिल) सदस्य उम्मेदवार
- राम बहादुर खत्री (अर्जुन केसी) सदस्य उम्मेदवार
- फडिन्द्र पहाडी सदस्य उम्मेदवार
- रामु कंडेल सदस्य उम्मेदवार
- थम बहादुर क्षेत्री सदस्य उम्मेदवार
- कृष्ण बहादुर थापा सदस्य उम्मेदवार
- तारा बहादुर कार्की सदस्य उम्मेदवार
- बिनय गुरुङ सदस्य उम्मेदवार
- मन्जु गिरी सदस्य उम्मेदवार
- बोधार्थ –
- १.ड़ा.नेत्र भण्डारी -निर्बाचन समिति
- २.श्री भबन भट्ट -अनुगमन समिति संयोजक जापान एन आर एन तथा पुर्ब आ सिसि अध्यक्ष
- ३.श्री महेश श्रेष्ठ – कोशाध्यक्ष आइ सिसि एन आर एन ए
- ४.श्री रोविन्द श्रेष्ठ आर सी ,आइ सिसि
- ५.श्री पारश पोखरेल – संयोजक अध्यक्ष मण्डल तथा आइ सिसि डी आर सी
- ६.श्री राजन प्रधानाङ्ग -संयोजक उच्चस्तरीय छानबिन समिति तथा पुर्ब अध्यक्ष एन आर एन जापान
- ७.श्री कुमार पन्त -अध्यक्ष एन आर एन ए
- ८.श्री हेमराज शर्मा महासचिव एन आर एन ए
- ९.श्री ओम गुरुङ -अध्यक्ष मण्डल सदस्य तथा पुर्ब एन आर एन जापान अध्यक्ष
- १०.श्री रोशन केसी -अध्यक्ष मण्डल सदस्य तथा पुर्ब एन आर एन जापान अध्यक्ष
- ११.श्री नारायण सुबेदी -अध्यक्ष मण्डल सदस्य तथा आई सिसि सदस्य
- १२.श्री शालिक राम भण्डारी -अध्यक्ष मण्डल सदस्य

फेसबुकबाट तपाइको प्रतिक्रिया