पाटन मन्दिरमा दर्शन गर्नेको भिड

१४ भदौ, काठमाडौं । ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा आज सोमबार बिहानै भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्।

हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने गरिनछ ।

आज सोमबार पाटनको कृष्ण मन्दिरमा पूजा आराधना गर्न कृष्णकै जस्तो पोशाकमा सजिएका बालबालिकारू अभिभावकसँगै मन्दिर पुगेका छन् ।

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्गे गर्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया