फातिमा र ओलीबीच भेटवार्ता, एमसीसीबारे एमालेले तत्काल धारणा नबनाउने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

नेकपा एमालेले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने भएको छ । आफ्नो निवास बालकोटमा बिहीबार भेट्न आइपुगेकी एमसीसी अध्यक्ष फतिमा सुमारलाई अध्यक्ष ओलीले उक्त जवाफ दिएका हुन् ।

सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएको एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्टराईले भने,‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया