मोरङ। जिल्ला कारागार मोरङमा कात्तिक २४ गते बिहान ९:३० बजे कैदिबन्दी बिच झडप भएको छ । झडप हुँदा १४ जना घाइते भएको छ ।
झडपमा चौकिदार किरण गुरुङ,सुर्यदिप गुप्ता लगायतको १४ जनालाई विगत लामो समयदेखि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दामा जेल बसिरहेका कात्तिक कामात,युवराज परियार लगायतका टिमले कुटेका थिए ।
कामातको टिमले गुरुङ लगायतका १४ जनालाई टाउकोमा घाउचोट बनाई अंगभंग नै हुनेगरी कुटेको कारागार स्रोतले बतायो ।
स्रोतको अनुसार झडपपछि कारागार प्रशासनले चौकीदार किरण गुरुङ र १४ जनालाई झापा, सुनसरी र इलाममा स्थानान्तरण गरी जिल्ला कारागार मोरङका निमित्त ना.सु रामप्रसाद पोखरेलको आर्थिक चलखेलमा कामतलाई चौकीदारको जिम्मेवारी दिएको थियो ।
झडपपछि दुबै पक्षलाई कार्वाही गर्नुपर्नेमा गुरुङ सहित १४ जनालाई मात्रै कार्वाही स्वरुप स्थानान्तरण गरि कामतको टिमलाई निमित्त पोखरेलले आर्थिक चलखेल गरि त्यहीँ सुरक्षीत राखिएको स्रोतको दावी छ ।
`९:३० मा झडप भयो । त्यसलगत्तै १२ बजेतिर कामतलाई चौकिदारको जिम्मेवारी दिइएको देख्दा कतै राम प्रसाद पोखरेलकै निर्देशनमा कामतको टिमले गुरुङ लगायत १४ जनालाई कुटपिट गरेको त होइन ?´-गोप्य स्रोत भन्छन् ।
स्रोतका अनुसार चौकीदारको जिम्मेवारी पाएलगतै कामतले अहिले कैदिबन्दिलाई कुटपिट गर्ने,विभिन्न किसिमको यातना दिने,घरबाट पैसा मगाउन लगाउने गरिएको छ ।
निमित्त पोखरेलले आफुलाई पैसा दिए सबैकुरो मिलाइदिने भन्ने गरेको पाइएको छ । उनले आफ्नो निजि स्वार्थपूर्तिका लागि कैदिबन्दिलाई प्रयोग गरि आर्थिक चलखेल गर्दै कारागारलाई अशान्त बनाएको स्रोतले बताएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया