एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु: पदाधिकारीमा सहमति जुट्न सकस

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु गर्ने तयारी भएको छ । आइतबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय नेतृत्वमा सहमति खोज्न दिनभर सुरु गरिएन ।
अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई केन्द्रीय सदस्यको सूची बनाउन लगएका थिए भने पदाधिकारीमा भने सहमति हुन सकेको छैन । यद्यपि आइतबार राति ८ बजेपछि भने बन्दसत्र सुरु हुने होटल सेभेन स्टारमा प्रतिनिधिहरु आउन थालेका छन् ।
ओलीलाई भेटेर फर्किएका नेता प्रदीय ज्ञवालीले अब अध्यक्ष मण्डलको बैठक बस्ने र बन्दसत्र सुरु हुने बताए । ‘विभिन्न लेयरमा छलफल भएको छ, मिल्यो होला भन्ने मेरो विश्वास छ’ बन्दसत्रको कार्यक्रम सुरु हुने जनाउ दिँदै उनले भने ।

नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले केन्द्रीय समिति सदस्यहरुको नामावली अध्यक्ष ओलीलाई बुझाइसकेका छन् भने १९ सदस्यीय पदाधिकारीमा भने सहमति जुट्न सकेको छैन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया