काठमाडौँ । मातृभाषा तथा बहुभाषिक शिक्षाका अभियन्ता अमृत योन्जन तामाङको ‘तामाङ ताम’ तामाङ भाषा सिक्ने हाते पुस्तक सार्वजनिक भएको छ ।
शुक्रबार बौद्धस्थित तामाङ भवनमा लेखक योन्जनसहित मानवशास्त्री मुक्त सिं तामाङ, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ लगायतको उपस्थितिमा जापानका लागि पूर्व नेपाली राजदूत गणेश योन्जनले पुस्तकको लोकार्पण गरे । पुस्तक तामाङ भाषाका व्याकरणिय कोशीय मूल शब्दमा आधारित छ ।
तामाङ भाषा सिक्न चाहनेहरुका लागि पुस्तक निकै उपयोगी हुने लेखक योन्जनले बताए । उनका अनुसार स्वयं शिक्षण विधिबाट तयार गरिएकोले जो कोहीले यसबाट आफै तामाङ भाषा सिक्न सक्छन् । ‘स्वदेश तथा विदेशमा तामाङ भाषा सिकाएको मसँग अनुभव थियो’ उनले भने,‘भाषा कक्षामा सहभागीले तामाङ भाषा सिक्ने पुस्तक लेख्न अनुरोध गरेकाले सिकाइलाई स्थायित्व दिन पठन सामग्रीको रुपमा पुस्तक तयार गरिएको हो ।
तामाङ भाषा नजानेकालाई मात्र होइन जानेकाहरुलाई पनि विभिन्न क्षेत्रमा सोही भाषा प्रयोग गर्ने गरेकालाई समेत पुस्तक उपयोगी हुने योन्जनको दाबी छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया