काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई भोट दिने बेलामा चार चोटी सोच्न आह्वान गरेका छन् । ‘आम मतदाता र आम नागरिकहरुलाई एउटा आह्वान गर्छु आज, मैले गरेको थिइनँ ।
सम्भवतः आयोगको तर्फबाट यो भन्न मिल्छ कि मिल्दैन अहिले त्यो पनि सोचिरहेको छु’, सरकारी टेलिभिजनलाई अन्तरवार्ता दिँदै थपलियाले भने, ‘तर, आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई मतदान दिने बेलामा चारपल्ट सोच्नुहोस् ।
उनले अगाडि भने, ‘मैले ठीक गरेको छु कि बेठीक गरेको छु भनेर । किनभने सबैभन्दा ठूलो कारबाही गर्ने भनेको सार्वभौमसत्ता नागरिक हो । सबैभन्दा ठूलो अदालत भनेको नागरिकको अदालत हो। गलत गर्नेहरुलाई नागरिकले इतिहासमा पटकपटक दण्डित गरेका छन् । यतिबेला पनि दण्ड दिनका लागि हरेक मतदाता सशक्त बनेर लाग्नुपर्छ ।
उनले निर्वाचन आयोग र आम मतदाताबीच भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै आयोगको यस्तो आह्वानलाई सफल बनाइदिन पनि आग्रह गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया