काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने विश्वास व्यक्त गरेका छन्।
पाँच दिने जापान भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिले विधेयक प्रमाणीकरणका लागि ढिला गर्न नहुने बताएका हुन्।
उनले भने, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लागेको छ । ढिलो नगर्नुपथ्र्यो । नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका छन्।
तर राष्ट्रपतिबाट हालसम्म प्रमाणीकरण भएको छैन । उनले आफ्नो जापान भ्रमण सफल भएको पनि बताए । उनले फोहोर व्यवस्थापनका लागि जापानसँग सहयोग माग गरिएको पनि बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया