जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान आगामी कार्यकाल २०२५-०२७ का लागि केन्द्रीय कोषाध्यक्षमा राकेश लामाले उम्मेदवारी दर्ता गरेका छन ।
एनआरएनए जापानको पूर्व युवा संयोजक लामाले कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे संगै उम्मेदवारी दर्ता गरेका हुन ।
गत निर्वाचनमा कोषाध्यक्ष उठेर अग्रजलाई छोड़ेका लामाले यस पटक २ अध्यक्षका प्रत्यासीका स्वतन्त्र उम्मेदवार पल्लाभारी मतले विजयी हुने बताए । जापानमा स्थापित युवा व्यवसायी तथा समाजसेवी राकेश लामाले बुधवार औपचारिक रूपमा कोषाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
“नेपालीका लागि नेपाली” भन्ने मूल नारासहित लामो समयदेखि एनआरएनएमा सक्रिय र योगदान दिँदै आएका लामाले युवाको प्रतिनिधित्व, आर्थिक पारदर्शिता र संस्थाको समावेशी स्वरूपका लागि सशक्त नेतृत्वको आवश्यकता औंल्याउँदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
लामाले उम्मेदवारी दर्तापछि भन्नुभयो, “अब एनआरएनएमा युवा पुस्ताको नेतृत्व समयको हो। पारदर्शी आर्थिक प्रणाली, समाज उहाँले उम्मेदवारी दर्तापछि भन्नुभयो, “अब एनआरएनएमा युवा पुस्ताको नेतृत्व समयको माग हो। पारदर्शी आर्थिक प्रणाली, समाजप्रति उत्तरदायी संस्था र सबैको सहभागितासहितको एनआरएनए निर्माण मेरो प्रतिवद्धता हो।“
राकेश लामाको उम्मेदवारीसँगै कोषाध्यक्ष पदमा युवा नेतृत्वको उपस्थितिले चुनावी प्रतिस्पर्धा झनै चासोको विषय बनेको छ। एनआरएनए जापानमा लामो समयदेखि सक्रिय, सामाजिक उत्तरदायित्वप्रति समर्पित राकेश लामाको उम्मेदवारीले जापानमा रहेका नेपाली युवाबीच नयाँ आशा र उत्साह थपिदिएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया