काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम ल्याउने तयारी थालेको छ । सेबोनले धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवालाहरूसँग राय/सुझाव माग गरेको छ ।
सेबोनको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले सूचना जारी गर्दै नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित र प्रभावकारी विकास एवं विस्तारका लागि रचनात्मक सुझावहरू माग गरेको हो ।
बजार विकास, विस्तार तथा सुधारका सम्बन्धमा कार्यान्वयन योग्य सुझावहरू उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ । इच्छुक व्यक्तिहरूले आउँदो जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगानामा सुझावहरू पठाउन सक्ने सेबोनले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया