जापान । गायिका मिना लामा र चर्चित गायक खेम सेन्चुरीको नेपाली नयाँ मौलिक लोक दोहोरी गीत ‘भाका सारेर’ सार्वजनिक भएको छ । गायिका लामा र गायक सेन्चुरीको सुमधुर स्वरमा सजिएको गीत सार्वजनिक गरिएको हो ।
लोकप्रिय सर्जक नेत्र अर्यालको उत्कृष्ट शब्द रचना रहेको यस गीतलाई नन्दु परियारले लयवद्ध गरेका हुन् । गीतमा मौलिक नेपाली पन र मायाप्रेमका मिठा संवादहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
गीतको म्युजिक भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन् । भिडियोमा गायिका मिना लामा आफैँ र कलाकार सुरेश कोहोलीको प्रमुख भूमिका रहेको छ ।
हिमाल, पहाड र प्राकृतिक सुन्दरतालाई कैद गरिएको यस भिडियोले दर्शकलाई गाउँले जीवनको झझल्को दिन्छ । एचबीएन किस्मतको रेकर्डिङ र मिक्सिङ रहेको गीतलाई ‘मिना लामा’कै आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको हो ।
गायिका लामाले यसअघि पनि थुप्रै चर्चित लोक तथा दोहोरी गीतहरू स्रोतारदर्शक माझ ल्याइसकेकी छिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया