खेलकुद

बार्यन म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश

जर्मन क्लब बायर्न म्युनिख, फिफा क्लब विश्वकप फुटबलको फाईनलमा प्रबेश गरेको छ । दोस्रो सेमिफाईनलमा गएराती ईजिप्सीयन क्लब अल अहलीलाई २–० ले हराउदै बायर्नले उपाधि यात्रा तय गरेको हो । ....

राष्ट्रिय महिला लिगः सावित्राको आठ गोलको मद्दतमा एपीएफ विजयी

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब सावित्रा भण्डारीको आठ गोलको मद्दतमा विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले ....

मेस्सीको गोलमा बार्सिलोनाको पुनरागमन जित,रियल ३–२ ले पराजित

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । २१ औ चरणको खेलमा रियल बेटिसलाई ३–२ गोल अन्तरले हराउदै बार्साले समान अंक भएको रियल मड्रिडलाई पछि पारेको हो । ....

प्रिमियर लिगमा सिटीसँग लिभरपुलको लज्जास्पद हार

साविक विजेता लिभरपुललाई हराउदै म्यानचेष्टर सिटीले ईङलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । लिभरपुललाई उसैको मैदानमा ४–१ गोल अन्तरले हराउदै सिटीले उपाधि यात्रा मजबुत बनाएको ....

भरानको दुई गोलमा ला लिगामा म्याड्रिडको सङ्घर्षपुर्ण जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ ।गएराति भएको खेलमा साविक विजेता रियलले हुयस्काविरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो । हुयस्काको मैदानमा एक गोलले पछि परेको ....

प्रिमियर लिगमा अग्रता जोगाउन नसक्दा म्यान्चेस्टरको बराबरी

ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेड, एभर्टनसंग ३–३ गोलको बराबरीमा रोकिएको छ । ओल्ड ट्राफोर्डमा खेलको पहिलो हाफमै बनाएको २–० को अग्रता जोगाउन नसक्दा म्यान युनाईटेड अंक बाँड्न बाध्य भयो ....

महिला राष्ट्रिय फुटबलमा आर्मीद्वारा चौदण्डीगढी ९–० पराजित

काठमाडौं । रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा शानदार जित निकालेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ....

आइपीएलको अक्सनमा नेपालका आठ खेलाडीको नाम सिफारिस

काठमाडौं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, ....

एसी मिलानलाई पछि पार्दै इन्टर सिरि ए फुटबलको शीर्ष स्थानमा

इन्टर मिलान ईटालियन सिरि ए फुटबलको शीर्ष स्थानमा फर्किएको छ । पछिल्लो खेलमा फियोरेन्टिनालाई २–० ले हराउदै ईन्टरले एसी मिलानलाई १ अंकले पछि पारेको हो । फियोरेन्टिनाको मैदानमा ईन्टरलाई जिताउन ....

जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा बायर्नको १० अंकको अग्रता

जर्मन बुण्डेश लिगा फुटबलमा बायर्न म्युनिखले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । २० औ चरणको खेलमा गएराति हेर्था बर्लिनलाई १–० ले हराउँदै बायर्नले उपाधि यात्रा मजवुत बनाएको हो ....

टेनिसमा नेपालकी अभिलाषा र जर्मनीकी सोन्जा पहिलो

काठमाडौं । विश्व टेनिस टुर–जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्सतर्फ नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी पहिलो भएको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको खेलमा ....

इंग्लिस प्रिमियर लिगमा टटनह्यामलाई हराउदै चेल्सी छैठौ स्थानमा

चेल्सी ईङलिश प्रिमियर लिग फुटबलको छैठौ स्थानमा उक्लिएको छ । २२ औ चरणको खेलमा गएराती टटनह्यामलाई १–० ले हराउदै चेल्सीले शीर्ष टोलीसंगको दुरी घटाएको हो । टटनह्यामको मैदानमा चेल्सीलाई जिताउन ....

ग्रानडामाथि ५–३ को पूनरागमन जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा

एन्टोइन ग्रिजमन र जोर्डी अल्वाको समान दुई गोल सहयोगमा बार्सिलोनाले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर कोपा डेल रेको सेमिफाइनलमा स्थान पक्का गरेको छ । बार्सिलोनाले घरेलु टोली ग्रानडामाथि ५–३ ....

खेलकूद क्षेत्रको विकासमा सरकारको सहयोगी भूमिका रहन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेलकूद क्षेत्रको विकासमा सरकारको सहयोगी भूमिका रहने बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले मंगलबार आयोजना गरेको ‘खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्रीले सरकारले खेलकूद ....

राष्ट्रिय महिला फुटबलमा वालिङद्वारा चन्द्रपुर पराजित

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको चौथो स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले ....