जापान । कोरोना भाईरस लोभिड-१९ संक्रमितहरुमा टोकियोमा औषधी परिक्षण गरिएको छ । मार्च ३१ मा सो परीक्षण गरिएको एनएचकेले प्रसारण गरेको छ ।
जापानले ६ वर्षअघि विकसित गरेको ‘आविगान’ नामक औषधीलाई अहिले कोरोना विरुद्द क्लिनिकल परीक्षण गर्न थालेको छ ।
टोकियोका विभिन्न अस्पतालहरुमा उपचाररत करिब १०० जना कोरोना संक्रमितहरुमा यो औषधी परिक्षण गरिनेछ । परीक्षण जून महिनाको अन्तसम्म चल्ने अधिकारीहरुले जनाएका छन् ।
फुजिफिल्म तोयामा नामक कम्पनीले विकास गरेको उक्त औषधीका बारेमा आइचीकेनको फुजिता मेडिकल युनिभर्सिटी अस्पतालले मार्च महिनाको सुरुवातबाट रिसर्च थालेको थियो ।
उक्त औषधीको क्लिनिकल अनुसन्धान यसअघि चीनमा पनि गरिएको थियो । कोरोना संक्रमितहरुमा गरिएको उक्त परीक्षणमा निमाेनियाका लक्षणलाइ सुधार गर्न प्रभावकारी भएको पाइएको जनाएको छ । परिक्षणपश्चात् यसको प्रभावकारितालाई हेरेर प्रयोगका लागि सरकारसँग अनुमति मागिने फुजिफिल्म कम्पनीले बताएको छ ।
पशुमा गरिएको परीक्षणको नतिजा अनुसार भ्रुणमा प्रतिकूल असर पर्ने निस्कर्ष निकालिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया