टोकियो । जापानमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण संख्या ६ हजार नागेको छ ।
शुक्रवार साँझसम्म जापानभर ६ हजार ३ र योकोहामाको क्रुज जहाजमा रहेको यात्रीहरु ७ सय १२ गरि ६ हजार ७ सय १५ पुगेको हो । आज शुक्रवारराति १० वजेसम्म टोकियो १८९ जनामा कोरोना भारसको संक्रमण पुष्टि भएको एचएचके अनलाईनले उल्लेख गरेको छ । जापान सरकारले कोरोना संक्रमण कम गर्ने उद्धेश्यले आपतकाल घोषणा गरेको तेस्रो दिन हालसम्मकै धेरै संक्रमितहरु पुष्टि भएको छन् भने टोकियोसहित जापानमा अनावश्यक रुपमा घर बाहिर ननिस्कन सरकारले अपिल गरेको छ ।
जापानमा सरकारले आपतकाल घोषणा गरेपछि कम्पनी,अफिसहरु साँझ ५ बजे र रेष्टुरेण्टहरु राति ८ बजेपछि बन्द गर्न स्थानीय सरकारले आग्रह गरेको छ । कोरोनाभाइरस संक्रमण घट्नुभन्दा बढ्दै गएपछि जापान सरकारले शनिवारबाट नयाँ नियम लगाउने जनाएको छ । जापानभर कोरोना भाइरस संक्रमणबाट जापानमा हालसम्म ६,७१५ जनालाई संक्रमण,११२ जना र क्रुजमा सवार ११ जनासहित १२३ जनाले ज्यान गुमाइसके,क्रुजको ६३९ सहित १,३५३ जनाको उपचारपछि घर फर्केको जापानस्थित स्वास्थ्य,तथा श्रम कल्याण मन्त्रालयले जनाएको छ ।
जापानले ७३ देशको नागरिकलाई प्रवेशमा रोक लगाउनुको साथै अन्य देशवाट जापान प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने बताएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया