काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
बुधबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यस्तो आग्रह गरेका हुन् ।
‘विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएको छ डा.देवकोटाले भने, बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशन प्रसारण गर्न पाइँदैन ।
जनस्वास्थ्यका दृष्टिले सार्वजनिक नगरी नहुने विवरण मन्त्रालयले सार्वजनिक गरेको पनि प्रवक्ता देवकोटाले उल्लेख गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया