नवगठित ‘जनता समाजवादी पार्टी’कांग्रेस सभापति देउवाको बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर ‘जनता समाजवादी पार्टी’ (जसपा०) बनेकोमा खुसी व्यक्त गरेका छन् ।

देउवाले यो एकताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका छन् । देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई मजबुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।

नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैलाई नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट देउवाले बधाई तथा शुभकामना दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया