एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाउछौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताउनु भयो ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग गृहकार्य नपुगेकाले बिहीबार निर्धारित बैठक बस्न नसकेको बताउनु भयो । ‘अलि गृहकार्य नपुगेकै हो मुख्य रुपमा  त्यसकारण दुई अध्यक्षले एक दुई दिन भित्र बोलाउने जानकारी दिनुभयो ।

आज बिहिवार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी तय भएको नेकपा स्थायी कमिटीको बैठक हिजो साँझ स्थगित भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया