नेपाल थप एक जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा  कोरोना  संक्रमितको संख्या १ सय २ पुगेकोछ ।  भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन् । अहिले रुपन्देहीमा ३ जना, नेपालगञ्जमा  २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा  २६ जना र विराटनगरमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको  प्रवक्ता देवकोटाले बताए ।

प्रदेश अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । जसमध्ये २७ जना निको भएर घर फर्किएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया