संस्कृत भाषा पढाउने सरकारको निर्णयप्रति जनजाति महासंघ जापानको विरोध

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ जापानले कक्षा १ देखि संस्कृत भाषा पठनपाठन गराउने सरकारको निर्णयको विरोध गरेको छ।
शनिवार आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूले विज्ञप्ती जारी गर्दै यसको विरोध जनाएका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोलरेलको अध्यक्षमा गत माघ २ गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा १ देखि ऐच्छिक विषयको रुपमा संस्कृति भाषालाई समेट्ने निर्णय गरेको थियो।
जनजाती महासंघ जापानले संस्कृत भाषाको पठनपाठन गराउने निर्णय गरेर सरकारले संविधान र कानूनको बर्खिलाप गरेको महासंघ जापानले आरोप लगाएको छ। 

यस्तो छ प्रेस विज्ञप्तिको पूर्णपाठ

फेसबुकबाट तपाइको प्रतिक्रिया