काठमाडौं । नेपालमा मंगलबार थप २६ जना कोरोना पोजिटिभ देखिएको छ । यो सँगै २१७ कोरोना संक्रमित थपेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार पर्सामा २२, २८, २८, ३२, ४५, ४५, ६० बर्षीय महिलाहरु छन् ।
यसैगरी १६, २२, २४, २५, २८, २८, ३२, ५९, ५५, ६१, ६१ बर्षीय पुरुषहरु रहेका छन् । १६, १६ बर्षीय पुरुषहरु, धनकुटा निवासी २० वर्षीय महिला र ४० बर्षीय पुरुष, भक्तपुर निवासी २५ बर्षीय महिला र २७ वर्षीय पुरुष, काठमाडौं निवासी ३३ बर्षीय महिला, सर्लाही ४५ बर्षीय पुरुष छन् । हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया