टोकियो । गत बैशाख १२ गते आफ्नैबारीमा काम गर्ने क्रममा दुर्घटनामा परी दाँया आखामा गम्भिर चोट लागेर आँखा गुमाउनुपर्ने अवस्थामा पुगेकी महिला फुटबल खेलाडी समिक्षा मगरलाई आर्थिक सहयोग गरिएको छ । बिराटनगरस्थित बिराटनगर आखा अस्पतालमा उपचाररत उदयपूर बेलका नगरपालिका वडा न ५ का महिला फुटबल खेलाडी मगरको परिवारको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा समस्या भएपछि जापानमा क्रियाशील नेपाली संस्था नेपाल जापान फुटबल संघको पहलमा नेपाली एक लाख तीन हजार ६ सय ५७ रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
संघका सदस्य र जापानमा रहेका नेपालीहरुबाट संकलन गरिएको उक्त रकम आज आइतबार संस्थाका उपाध्यक्ष नमस्ते गुरुङ, कोषाध्यक्ष अखिल लामा र सल्लाहकार शिवहरि पौडेलको रोहबरमा उपाध्यक्ष विशाल कार्कीको नामबाट जेआरएफ रेमिटमार्फत नेपालस्थित बिरामीको खातामा ट्रान्फर गरिएको संस्थाका महासचिब मनोज श्रेष्ठले जानकारी दिनुभयो ।
यस अभियानमा खेलाडीको लागि सहयोग गर्नुहुने सबैलाई संस्थाका अध्यक्ष बसन्त गौचनले धन्यवाद दिनु भएको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया